१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मितेरी डेभलपमेन्ट बैंकले गर्याे लाभांश घाेषणा, बाेनस र नगद कति ?


१९ मंसिर, काठमाडाैं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घाेषणा गरेकाे छ । बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे।

बैंककाे आज मंसिर १९ गते साेमबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२.३५ प्रतिशत बाेनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार १०:४०