१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

पोल्यान्डलाई ३-१ हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा


१८ मंसिर, काठमाडौँ । पोल्यान्डलाई ३-१ हराउँदै साविक विजेता फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । फ्रान्सका लागि केलियल एमबाप्पेले २ गोल  र ओलिभर जिरुडले १ गोलको योगदान गरे । ओलिभरले ४४ औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।खेलको ७४ औँ मिनेटमा एमबाप्पेले गोल गरे । त्यस्तै ९० औँ मिनेटमा पनि एम्बाप्पेले नै गोल गरे । योसँगै एम्बाप्पेले जारी विश्वकपमा आफ्नो गोल संख्या ५ पुर्‍याएका छन् । पोल्यान्डका लागि इन्जुरी टाइममा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरे।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार २२:५६