१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

सुनको मूल्य बढ्ने क्रम राेकिएन, तोलाकै पुग्याे १ लाख नजिक


१८ मंसिर, काठमाडाैं ।  नेपाली बजारमा सुनको  मूल्य बढ्ने क्रम जारी रहेको छ । योसँगै सुनको मूल्य आइतबार फेरि १ लाख रुपैयाँ नजिक पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ। आइतबार छापावाल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९९ हजार रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

गत शुक्रबार पनि सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९९ हजार १०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार १२:२७