८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

दोलखामा एमालेका बालकृष्ण शिवाकोटीलाई २०१५ मतको अग्रता


१८ मंसिर, काठमाडौँ । दोलखाको प्रतिनिधिसभामा नेकप एमालेका बालकृष्ण शिवाकोटीले २०१५ मतको अग्रता लिएका छन । अहिलेसम्मको मतगणनामा शिवाकोटीले १८,१७४ मतसहित अग्रता लिइरहेका छन । त्यस्तै नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १६,१५९ मतसहित शिवाकोटीलाई पछ्याइरहेका छन ।

प्रदेशसभामा भने १ मा कांग्रेसका कुन्दनराज काफ्ले र २ मा एमालेका भरत केसीले जित सुनिश्चित गरिसकेका छन । अब बिगु, शैलुङ, तामाकोशी र बैँतेश्वर गाउँपालिकाको मतगणना बाँकी रहेको छ । दुबै पालिकामा गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारको बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार ०८:४५