१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

‘कान्तरा’माथि गीत चाेरीकाे आराेप


१७ मंसिर, मुम्बई । बलिउड निर्देशक तथा कलाकार रिसब सेठ्ठीको फिल्म ‘कान्तरा’ले रिलिजको दिनदेखि नै बक्सअफिसमा तहल्का पिटिरहेको छ । यो वर्ष रिलिज भएका कन्नड फिल्ममध्ये यो फिल्मले वर्षकै सर्वाधिक कमाउने दोस्रो फिल्मको रेकर्ड राखिसकेको छ । थिएटरको सफलतापछि यो फिल्म ओटिटी प्लेटफर्ममा रिलिज भइसकेको छ ।

ओटिटीमा रिलिज हुनासाथ फिल्म विवादमा तानिएको छ । केरलाको सांगीतिक ब्याण्ड थाइकुडम ब्रिजले फिल्ममा प्रयोग गरिएको गीत ‘भराहा रुपम’ आफ्नो गीत ‘नवरसम’बाट चोरेको दाबी गरेको छ । उनीहरूले अमेजन प्राइम भिडियोविरुद्ध कानूनी कारवाही गर्ने चेतावनी दिएका छन् । ब्याण्डको चेतावनीपछि ओटिटी प्लेटफर्मले फिल्मबाट उक्त गीत हटाएको छ ।

केही समयअघि ब्याण्डले सामाजिक सञ्जालमार्फत आफूहरू ‘कान्तरा’सँग नजोडिएको जानकारी दिएको थियो । ‘फिल्ममा प्रयोग गरिएको ‘भराह रुपम’ र हाम्रो गीत ‘नवरसम’ मिल्दोजुल्दो छ । हामीले कानूनी प्रक्रिया अगाडि बढाइसकेका छौं’, ब्याण्डले भनेको छ । दर्शकले भने फिल्मको गीतलाई निकै मन पराएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार १९:४८