१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


१६ मंसिर, काठमाडाैं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयाल निगमलाई मूल्य घटेको सूची पठाएको हो ।

डिसेम्बर १ मा पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएको हो । डिजेलमा प्रतिटिलर ११.२६ रुपियाँ, पेट्रोलमा २.३८ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर ६ रुपियाँ मूल्य मटिट्तेलमा प्रतिलिटर ८० पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

ग्यासको प्रतिसिलिन्डर ४४ रुपैयाँ मूल्य वृद्धि भएर आएको हो । मूल्य घटेर आएकाले निगमलाई पेट्रोल प्रतिलिटरमा १३ रुपियाँ र डिजेल प्रतिलिटरमा ५० पैसा नाफा रहेको छ ।  भने, ग्यास प्रतिसिलिन्डर २ सय ७७ रुपैयाँ घाटा रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार १६:३८