६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

सुनसरी ४ मा सञ्चारमन्त्री कर्कीलाई पछि पार्दै एमालेका जगदिश कुशियतको अग्रता सुरू


१५ मंसिर, सुनसरी । सुनसरीको क्षेत्र नं ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई पछि पार्दै एमालेका जगदिश कुशियतले अन्तिम समयको अग्रता सुरू गरेका छन । पछिल्लो मतगणनामा कार्कीलाई ८२ मतले पछि पार्दे कुशियतले आफ्नो अग्रता बढाएका छन । अब १६०० मत गणना गर्न बाँकी रहेको प्रदेश नम्बर १ का लागि एमालेको समानुपातिक सूचीको उम्मेदवार समेत रहेकी नेतृ मीना श्रेष्ठले जानकारी दिइन । अहिलेसम्मको परिणाम अनुसार कांग्रेसका कार्कीले २९७१२ मत प्राप्त गरेका छन भने कुशियतले  २९७९४ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार ०६:५४