६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

पब्जी एन्ड फ्रिफायरको ‘अल्टिमेट ब्याटल’ मा अन्तर्राष्ट्रिय टिम समेत सहभागी हुँदै


१४ मंसिर, काठमाडाैँ । काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुको प्रायोजनामा नेपालमै पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ आयोजना भइरहेको छ । २२ सेप्टेम्बरदेखि सुरु भएको ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’आउँदो डिसेम्बर १० तारिखसम्म चल्नेछ ।

पाँच हजार भन्दा बढी टिम सहभागी प्रतियोगिताको सेमिफाइनल लिग म्याचहरूमा अन्तर्राष्ट्रिय टिमले समेत भाग लिने भएका छन् । सेमिफाइनलमा सन् २०१९ को फ्रिफायर विश्व विजेता टिमका साथै पाँच अन्य अन्तर्राष्ट्रिय टिमको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा थाइल्याण्डको ‘किङ अफ दि गेमर्स’, भियतनामको ‘ह्याभी’, ब्राजिलको ‘कोरिन्थियन्स’, मोरक्कोबाट ‘वास्क’, मलेसियाबाट ‘एक्सिस इस्पोर्टस’ र इन्डोनेसियाबाट आरआरक्यू रहेका छन् ।

यसमध्ये ब्राजिलको ‘कोरिन्थियन्स’सन् २०१९ को फ्रि फायर विश्व विजेता टिम हो । त्यस्तै ‘किङ अफ दि गेमर्स’ सन् २०२१ मा आयोजना भएको ‘फ्रि फायर प्रो लिग थाइल्याण्ड सिजन ५– मिड सिजन राउण्ड’ को बिजेता टिम हो । भियतनामको ‘हेभी’ टिमले सन् २०२२ मा ‘बी बुया १ भियतनाम प्रो स्क्रिम सिजन २’जितेको थियो ।

इन्डोनेसियन टिम आरआरक्यू यसै वर्ष आयोजना भएको ‘डीजी एरिना च्याम्पियनशिप २०२२’ बिजेता टिम हो । भने, मोरक्कोको ‘वाक्स’ र मलेसियाको ‘एक्सिस इस्पोर्टस’ टिमसँग फ्रि फायर प्रोफेसनल लिग खेलेको अनुभव रहेको छ । यी टिमले आफ्नै देशबाट अनलाइनबाटै फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसरी नेपालमा आयोजना भइरहेको प्रतियोगितामा अन्तर्राष्ट्रिय विश्व विजेता टिमको सहभागिताले प्रतिगोगितालाई थप प्रतिस्पर्धी र उपलब्धिमूलक बनाउन मद्दत पुग्ने आयोजकको विश्वास छ । आयोजकका अनुसार यो प्रतियोगिताको फाइनल खेल डिसेम्बर १० तारिखमा होटल डेला अन्नपूर्णमा हुनेछ । उक्त फाइनल प्रतियोगितामा सुबिसुले ल्याएको ‘गेमर प्याकेज’ इन्टरनेट प्रयोग हुनेछ । यसअघि सुबिसुले नेपालमा बढ्दो अनलाइन गेमको प्रयोगलाई सम्बोधन गर्ने गरी गेमर प्याकेज सार्वजनिक गरेको थियो ।

जसअन्तर्गत कम्पनीले १५० एमबीपीएस, २०० एमबीपीएस गतिको इन्टरनेट प्लस क्लियर टिभी र ३०० एमबीपीएस गतिको इन्टरनेट गरी कूल तीन ओटा प्याकेज रहेका छन् । जसमा १५० एमबीपीएस गतिको इन्टरनेट वार्षिक १४,९९९ रुपैयाँमा जडान गर्न सकिने छ । त्यस्तै इन्टरनेट तथा क्लियर टिभी सहितको २०० एमबीपीएस गतिको कम्बो प्याकेज वार्षिक १८,९९९ रुपैयाँमा जडान गर्न सकिने जनाइएको छ । त्यस्तै ३०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज १८,९९९ रुपैयाँमा जडान गर्न सकिने छ ।

यी सबै वार्षिक प्याकेज अन्तर्गत ग्राहकले डुअल ब्याण्ड ओएनयू राउटर, ड्रप वायरका साथै जडान शुल्क समेत निःशुल्क पाउने छन् । कम्पनीले ल्याएका यी प्याकेज फाइनल खेलमा खेलाडीले प्रयोग गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो प्रतियोगिताको लाइभ नोभेम्बर २७ तारिख देखि हरेक दिन साँझ ६ बजे जेम्युजिक एचडी च्यानल र जेम्युजिक युट्युब च्यानल मार्फत हुनेछ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार १८:१३