१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन


१४ मंसिर, बेइजिङ । चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । सन् १९८० को दशकको उत्तरार्धदेखि नयाँ सहस्राब्दीमा देशलाई परिवर्तनकारी युगमा डोर्याउने पूर्व चिनियाँ नेता जियाङ जेमिनको बुधबार ९६ वर्षको उमेरमा निधन भएको सिन्ह्वाले जनाएको छ ।

उनी ल्युकेमियालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट पीडित थिए । तियानमेन स्क्वायर दमनपछि जियाङले सत्ता हातमा लिए र विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशलाई विश्वव्यापी मञ्चमा एक पावर हाउसको रूपमा उभ्याउन नेतृत्व गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार १४:५०