११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

काठमाडौँमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न


१३ मंसिर, काठमाडौँ । काठमाडौँमा मंगलबार डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । मंसिर १२ र १३ गते २ दिनसम्म आयोजना भएको सो सम्मेलन नेपालमा पहिलो पटक आयोजना भएको हो ।

वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित ईलर्निङ तथा टेलिमेडिसिन युनिटको आयोजनामा सो सम्मेलन आयोजना भएको थियो । प्रतिष्ठानले स्विजरल्याण्डस्थित जेनेभा विश्वविद्यालय र डिजिटल हेल्थहबसँगको सहकार्यमा सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनको उद्घाटनगर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्रि भवानी प्रसाद खापुङले डिजिटल स्वास्थ्य सेवा मुलुक र जनताका लागि अत्यन्त आवश्यक रहेको र यसको प्रवद्र्धनमा वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेखनीय भूमिका खेलेको भन्दै प्रशंसा गरे । साथै उनले डिजिटल स्वास्थ्य सेवालाई अझ परिस्कृत र प्रभावकारी बनाउन खाँचो रहेको औँल्याए ।

कार्यक्रमका अर्का अतीथि नेपालका लागि स्विस राजदुत एलिजाबेथ भोन क्यापेलरले यस खालका सम्मेलनले सिकाई आदनप्रदानसँगै भावी कार्ययोजना निर्माणका लागि दिशा निर्देश गर्ने बताउँदै आयोजकलाई धन्यवाद प्रकट गरे । साथै उनले यस्ता खालका रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

सम्मेलनमा स्विजरल्याण्ड, जापान, अष्ट्रेलिया र भारतसँगै नेपालका सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको र ३० भन्दा बढि कार्यपत्र प्रस्तुत भएको सम्मेलन आयोजक समितिका सचिव डा. परमेन्द्र प्रसाद गुप्ताले जानकारी दिए ।

सम्मेलनको आयोजनाले डिजिटल स्वास्थ्य नीतिलाई सहि मार्ग निर्देश गर्न सहयोग पुर्याउने सम्मेलन आयोजक समितिका अध्यक्षप्रा. डा. नरेन्द्र भट्टले दावी गरे ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार १०:५९