१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

अार्इटिएममा एसियालार्इ पर्यटनको केन्द्र बनाउने विषयमा छलफल


२ असोज, काठमाडाैँ । भारतमा जारी इन्डिया ट्राभल मार्टमा एसियालार्इ पर्यटनको केन्द्र बनाउने विषयमा गम्भीर छलफल भएको छ । उफ्ताका सदस्यहरूसहित ६३ देशको सहभागिता रहेको ट्राभल मार्टमा एसियालार्इ पर्यटनको केन्द्र बनाउने विषयमा छलफल भएको नाट्टाका अध्यक्ष सिएन पाण्डेले जानकारी दिए ।

नेपालबाट नाट्टाका अध्यक्ष पाण्डेसहित उफ्ताका सदस्य मधुसुदन अाचार्य मार्टमा सहभागी भएका छन । पर्यटनको विकास र विस्तारका लागि कनेक्टिभिटी सबैभन्दा महत्वपूर्ण भएको भन्दै नाट्टा अध्यक्ष पाण्डेले नेपालले पनि त्यतै ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले भने नेपालले योजनावद्ध ढंगले पर्यटनको विकास र विस्तारमा ध्यान पुर्याउने हो भने यसैको माध्यबाट देशमा अार्थिक समृद्धि हाँसिल हुने बताए ।

    

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार ०८:१६