८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली


१२ मंसिर, काठमाडौं । संयुक्त राष्ट्र संघको डिसइन्गेजमेन्ट अब्जर्बर फोर्स (युएनडिओएफ) सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । सोमबार यो मिसनका लागि काठमाडौंबाट २०३ जना सैनिकहरू प्रस्थान गरेका छन् । उनीहरू राष्ट्र ध्वजाबाहक नेपाल वायुसेवा निगमको एयर बस ए-३३० बाट प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ ।

सिरियामा तैनाथ फोर्स हेडक्वार्टर सपोर्ट युनिट (शान्ति सेना) १० औं डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) पाँचौं डफ्फा, ईन्जिनियर से.मु. (शान्ति सेना) छैठौं डफ्फा र लेवल १ (+) अस्पताल (शान्ति सेना) तेश्रो डफ्फालाई बदली गर्नको लागि फोर्स हेडक्वार्टर. सपोर्ट युनिट (शान्ति सेना) ११ औं डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) छैठौं डफ्फा, ईन्जिनियर से.मु. (शान्ति सेना) सातौं डफ्फा र श्री लेवल १ (+) अस्पताल (शान्ति सेना) चौथो डफ्फाको अन्तिम टोलीका २०३ जना नेपाली शान्ति सैनिकहरू सेनानी किशोर खड्काको नेतृत्वमा प्रस्थान गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत मिसनहरूमा खट्टिइँदै आइरहेका छन् ।

मिशनमा तैनाथ फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) १० औं डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) पाँचौं डफ्फा, ईन्जिनियर से.मु. (शान्ति सेना) छैठौं डफ्फा, लेवल १ (+) अस्पताल (शान्ति सेना) तेश्रो डफ्फा र क्लोज प्रोटेक्सन युनिट (शान्ति सेना) दोश्रो डफ्फाको अन्तिम टोलीका २१६ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी देवेन्द्र खड्काको नेतृत्वमा आजै स्वदेश आगमन हुने कार्यक्रम रहेको समेत जानकारी गराईन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १२:०७