१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

एडिलेडमा टोपी दिवसमा पदयात्रा हुँदै, रजिष्ट्रेशन गर्ने पहिलो ५० जनालाई टोपी उपहार


१० मंसिर, एडिलेड । प्रवासी नेपाली मञ्च(ओएनएफ) साउथ अष्ट्रेलियाले अन्तर्राष्ट्रिय टोपी दिवस तथा नयाँ बर्ष २०२३ को उपलक्ष्यमा पदयात्रा आयोजना गर्ने भएको छ ।

मञ्चका सचिव तथा कार्यक्रम संयोजक सन्तोष गौतमले स्थानिय जोन मिलर रिजर्भबाट पदयात्रा शुरु गरेर एडिलेडको चर्चित बिच ग्लेनेल पुगेर पुन जोन मिलर रिजर्भमा आएर पदयात्रा समापन गरिने बताए । जनवरी १ विहान ७.३० वजे पद यात्रा शुरु हुने गौतमले जानकारी दिए ।

उनले सहभागी हुन दर्ता गर्नु नपर्ने तर मञ्चले तोकेको गुगल फर्म भर्ने पहिलो ५० जनालाई नेपाली ढाकाको टोपी उपहार दिने बताए । उनले टोपी नेपाल र नेपालको पहिचान भएकाले जनवरी १का दिन एडिलेडको मुख्य पर्यटकीय स्थलमा टोपी लगाएर पदयात्रा गरिने बताए ।

मञ्चका साउथ अष्ट्रेलिया अध्यक्ष युवराज पहाडीले टोपी दिवसको पदयात्रा मार्फत नेपाललाई चिनाउने र नेपालको पर्यटन उधोगको विकासका लागि प्रचारमा सघाउने मुख्य उद्देश्य रहेको बताए । उनले अष्ट्रेलियमा हुर्केको नयाँ पुस्तालाई नेपालको सांस्कृतिक पहिचान वारेमा साक्षात्कार गराउने पनि आफ्नो उद्देश्य रहेको वताए ।

अध्यक्ष पहाडीले यसका लागि एडिलेडवासी नेपालीहरुलाई पदयात्रामा सहभागी हुदा संभव हुने उमेर समुहका बालबालिकाहरुलाई पनि सहभागी गराउन अनुरोध गरिएको बताए । उनले सांस्कृतिक विविधताले भरिएको नेपाली समाजका सदस्यहरुलाई संभव हुनेहरुले आफ्नो मौलिक राष्ट्रिय पोशाक लगाएर कार्यक्रममा उपस्थित हुन समेत अनुरोध गरेका छन् ।

तलको लिङ्कमा गएर रजिष्ट्रेशन गर्न सकिने छ https://forms.gle/up4EcbfTDtc7DaGY7

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार ०८:२७