११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

निर्वाचनको नतिजापछि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल गर्ने सहमति


८ मंसिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बीचमा चुनावको अन्तिम नतिजा आएलत्तै छलफल गर्ने सहमति भएको छ । एमाले अध्यक्ष ओलीले बिहीबार बिहान ९ः३० बजे माओवादी अध्यक्ष प्रचण्डलाई बधाईका लागि फोनमा कुरा गर्दा अध्यक्षद्धयको बीचमा यस्तो सहमति भएको हो । ओली र प्रचण्डले बधाई साटासाट गरे पनि आगामी योजनाको बारेमा ठोस केही कुरा नगरेको तर अन्तिम मतपरिणाम आएपछि विशेष छलफल गर्ने विषयमा सहमति भएको ओली निकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १९:०६