७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

झापा–५ (१) मा एमालेका हिक्मतकुमार कार्की विजयी


८ मंसिर, काठमाडाैँ । झापा–५ (१) बाट नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ। उहाँले नेपाली कांग्रेसका उम्मेदवार जीवनकुमार राईलाई पराजित गर्नुभएको हो । कार्कीले २२ हजार ५३० मत प्राप्त गर्दा राईले १७ हजार ५८ मत प्राप्त गर्नुभयो । कार्की यसअघि सोही निर्वाचन क्षेत्रबाट विसं २०७४ मा प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १९:०३