१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मोरङ ५ मा स्वतन्त्र एमाले योगेन्द्र मण्डल विजयी


८ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर ५ को नेकपा एमालेका स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन । अन्य नेता मिलाउने नाममा उनको क्षेत्र जसपाका लागि छाडिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । मण्डलले नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरे । मण्डलले २१ हजार ८२० मत ल्याउँदा माओवादी केन्द्रका  मण्डलले १७ हजार ४८६ मत ल्याए । एमाले-जसपा गठबन्धनका उम्मेदवार यादवले भने १७ हजार ३९० मत मात्रै ल्याए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १८:५५