११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

प्रचण्डले १५ वर्ष लाने भनेको गठबन्धन अब १५ दिन पनि नटिक्ने भोः कांग्रेस नेता घिमिरे


८ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले १५ वर्ष लैजाने भनेको गठबन्धन चुनावी नतिजाको १५ दिन पनि नटिक्ने अवस्था देखिएको बताएका छन । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता घिमिरेले मओवदी र नेकपा एकीकृत समाजवादीका नेताहरूको प्रतिक्रिया सुन्दा अब गठबन्धन १५ दिन पनि नटिक्ने अवस्थामा पुगेको बताए ।

घिमिरेले सामाजिक सञ्जालमा उल्लेख गरेका छन, ‘प्रचण्डजी र माधवजीका केहि नेताहरूले भन्न सुरु गरिसके “काँग्रेसले धोका दियो, कॉंग्रेस र एमालेलाई समदूरीमा राखेर अव सरकार वनउने वारे छलफल गर्नुपर्छ, आवस्यक परे कोर्स करेक्सन गर्नुपर्छ अर्थात् नयाँ गठवन्धन गर्नुपर्छ।” अब नयाँ नारा आउनेछ – कम्युनिष्टहरू एक हौं ! पन्ध्रवर्षे गठवन्धन त चुनाव सकिएको १५ दिन पनि नटिक्ने भयो !’

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १७:४९