६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

चितवन १ मा विकास भएन भनेर प्रोपोगान्डा गरियोः उपाध्यक्ष पाण्डे


८ मंसिर, चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन १ मा विकास भएन भनेर प्रोपोगान्डा गरिएको बताएका छन । चुनावमा पराजित भएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै पाण्डेले चुनापी प्रोपोगाण्डाको शिकार हुनपुगेको संकेत गरेका छन ।

यस्तो छ पाण्डेको प्रतिक्रिया  

२०७९ मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा मलाई मत दिनु हुने चितवन १ का सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु । निर्वाचनमा खटिनु भएका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी कमिटी, शुभेच्छुक र सहयोग गर्नु हुने सम्पूर्ण मित्रहरुलाई धन्यवाद दिन चाहन्छु ।

निर्वाचनको प्रचार प्रसारको क्रममा विगतमा विकास भएन भन्ने भ्रम पनि फैलाईयो । वास्तवमा त्यो भ्रम सहि थिएन र केवल त्यो चुनावी प्रोपोगान्डामात्र थियो । अव त्यसको कुनै अर्थ रहेन । हामीले गरेको विकास र बनाएका योजना रोकिनु हुन्न । म पदमा नहुदा पनि विकास र योजना अघि बढाउन आफ्ने तर्फवाट पूर्ण सहयोग गर्नेछु । विकास र योजना रोकिए भने चितवन १ नं क्षेत्र वर्षौं पछि धकेलिन सक्छ । भर्खरै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका हरि ढकालजीलाई म हार्दिक बधाई दिन चाहन्छु । प्रमुख निर्वाचन अधिकृत, मतदान अधिकृत, गणक, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मिहरु, पत्रकार, सवैलाई धन्यवाद दिन चाहन्छु।

सुरेन्द्र प्रसाद पाण्डे
उपाध्यक्ष
नेकपा (एमाले) तथा
प्रतिनिधि सभा सदस्य उम्मेदवार
चितवन १

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १७:३९