७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेप्सेले गर्याे कुमारी बैंककाे काराेबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने


८ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कुमारी बैंक लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । एनसीसी बैंकसँग मर्जर प्रक्रियामा रहेको कुमारी बैंकको सेयर कारोबार फुकुवा गरेकाे हाे ।

कुमारी बैंकको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएकाे छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ‘ बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ ।

नेप्सेले मर्जर प्रयोजनका लागि गत असोज ११ गतेबाट कुमारी बैंक र एनसीसी बैंकको सेयर कारोबार रोक्का गरेको थियो। कुमारी बैंक र एनसीसी बैंकबीच गत असोज १० गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। दुवै बैंककाे सञ्चालक समितिकाे बैठकले मर्जरपछि स्वाप रेसियाे १ः१ को अनुपात कायम गर्ने निर्णय स्विकृत गरेकाे छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १७:०७