८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेप्सेमा बैंक अफ काठमाण्डूकाे सेयरमूल्य समायाेजन


८ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले बैंककाे प्रतिकित्ता २ सय १४ रूपैयाँ २५ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य २ सय २७ रूपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको २८ औँ वार्षिक साधारणसभा मंसिर २३ गते ञिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि  सुरू हुनेछ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १७:०१