१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

चितवन १ बाट रास्वपाका हरि ढकाल निर्वाचित


८ मंसिर, चितवन । चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । नेकपा (एमाले) का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् ।

ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गरे ।

सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । यसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १६:३९