१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

बढ्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


८ मंसिर, काठमाडाैं । साताकाे पाचाैं काराेबारकाे दिन बिहीबार सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ।

बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ३०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

बुधबार  सुन ताेलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ११:२२