७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले घोषणा गर्याे लभांश, बोनस कति ?


८ मंसिर, काठमाडाैं ।  शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको उक्त बैठकले आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १०:५२