१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

भारतमा जारी १९ वर्षमुनीको एकदिवसीय क्रिकेटमा नेपाल र अफगानिस्तान प्रतिस्पर्धा गर्दै


२ असोज, काठमाडाैँ । भारतको लखनउमा जारी १९ वर्षमनुीको एकदिवसीय क्रिकेटमा  अाज नेपाल र अफगानिस्तान प्रतिस्पर्धा गर्दैछन ।भारतका दुई तथा नेपाल र अफगानिस्तानसहित ४ टिम सहभागि प्रतियोगितामा नेपाल र अफगानिस्तान तेस्रो स्थानका लागि खेल्न लागेका हुन् । उपाधिका लागि भारतका ए र बी टिम खेल्ने छन् ।

नेपाल भारतका दुवै टिमसँग पराजित भएको थियो भने अफगानिस्तान भारतका दुबै टिम र नेपालसँग पनि पराजित भएको थियो । लिगको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको नेपालले आजको खेलमा अफगानिस्तानलाई फेरि पराजित गर्न सके तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याउने छ ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार ११:००