७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

फिफा विश्वकप: जापानले जर्मनीलाई २–१ गोल अन्तरले हरायो


७ मंसिर, काठमाडाैँ । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा जापानले जर्मनीलाई पराजित गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

खेलमा सुरुआती अग्रता भने जर्मनीले लिएको थियो । खेलको ३३औँ मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १–० को अग्रता दिलाएका थिए । जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो । जसमा गुन्डोगानले गोल गर्न सफल भए ।

त्यस्तै खेलको दोस्रो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७५ औँ मिनेटमा स्थापन्न खेलाडीका रूपमा मैदान प्रवेश गरेका जपानका खेलाडी रित्सु डोनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मैदान प्रवेश गरेको चार मिनेटमै उनले गोल गरेका हुन् ।

त्यसपछि खेलको ८३ औँ मिनेटमा ताकुमा असानोले गोल गर्दै जापानलाई २–१ को जित दिलाए । यस नतिजासँगै समूह ई को जापानले ३ अङ्क जोडेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार २३:३९