७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

७.७२ अकंले घट्याे सेयर बजार, १ अर्ब २ करोडकाे काराेबार


७ मंसिर, काठमाडौं । साताको चौथो काराेबारकाे दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७२ अकंले घटेर १९२१.९९ बिन्दुमा बन्द भएको छ ।

बुधबार २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता सेयर किनेबेच हुदाँ १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँको कारोबार भएको हो ।

बुधबार कारोबार भएका कूल १३ उपसमूहमध्ये २ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ११ वटा उपसमूह घटेकाे छ । बुधबार नेपाल बैंक लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १२ कराेड ७७ लाख ४० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सिभिल बैंक लिमिटेड र घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । यस दिन स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १५:३०