१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेपाल बैंकसहित बुधबार यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार


७ मंसिर, काठमाडौं । साताको चौथो काराेबारकाे दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७२ अकंले घटेर १९२१.९९ बिन्दुमा बन्द भएको छ ।

बुधबार २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता सेयर किनेबेच हुदाँ १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँको कारोबार भएको हो ।

नेप्से घटेपनि आज नेपाल बैंक लिमिटेडेको सेयर सर्वाधिक काराेबार भएकाे छ । यस दिन बैंककाे १२ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको हाे ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ११ करोड ९ लाख, सिभिल बैंकको ६ करोड ८२ लाख, शिवम् सिमेन्ट्सको ६ करोड ६ लाख र नेशनल लाइफ इन्स्योरेन्सको ३ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १५:२२