१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लगातार ओरालो लाग्दै सुनको मूल्य, कति पुग्याे तोलाको ?


७ मंसिर, काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो।

बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ३०० रुपैयाँमा काराेबार भएकाे छ ।  हिजो पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १०:५८