७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मलाई प्रेमको ऋणि बनार्इ, अर्कै ठूलो साहु खोज्दैछौ (गजल)


–शम्भुप्रद पुडासैनी ‘प्रदेशी’

आजकाल तिमी भाउ खोज्दैछौ
म बाट छुट्नलाई दाउ खोज्दैछौ ।

मलाई प्रेमको ऋणि बनाए पछि
कोहि अर्कै ठूलो साहु खोज्दैछौ।

हटाएर मेरो तस्वीर त्यो दिलबाट
पराइकोलागि नयाँ ठाउँ खोज्दैछौ ।

उतार चढाव त भइरहन्छ जीवन
निको भएको पुरानो घाउ खोज्दैछौ।

सगै सगै डुङ्गामा यात्रा धेरै गरियो
फेरि किन तिमी त्यो नाउ खोज्दैछौ ।।

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार १७:१५