१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

एडिलेडमा भएको सार्क देशको टेबल टेनिसमा नेपाली टिम उपविजेता


६ मंसिर, एडिलेड । एडिलेडमा नेपाल सहितका सार्क राष्ट्रका देशहरुको प्रतिनिधित्व गर्दै भएको टेबलटेनिस प्रतियोगितामा नेपाल उप विजेता भएको छ । जुन प्रतियोगिताको पाकिस्तानी टिम विजयी भएको थियो । बिभिन्न समुहमा यहा रहेको नेपाल समुदायका तर्फ नौ जना खेलाडीहरु सहभागी भएका थिए ।

जसमा उमेश बुढाथोकी, चिडा चौहान, नबिन कँडेल, अनिल महर्जन, क्षितीजश्रेष्ठ, मन्जिल उप्रेती, आयुष गिरी, सागर श्रेष्ठ, बिशाल शाक्य रहेका थिए । ७ सिङ्गल समुह र ४ डवल समुहमा नेपाल, भारत, पाकिस्तान, अफगानिस्तानी टिमले सहभागीता जनाएका थिए ।

नेपाली टिमको संयोजन गरेका उमेश बुढाथोकीले बहुसास्कृतिक समुदायमा नेपाललाई चिनाउने र भाईचारा सम्वन्धको विकास गर्न प्रतियोगिता सफल रहेको बताए ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १५:२४