
६ मंसिर, धादिङ । धादिङ १ मा नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई फराकिलो मतान्तरमा पछि पारेका छन । १६७४८ मतगणना हुँदा पाण्डे फारकिलो अन्तरमा पछि परेका छन । भूमि त्रिपाठीले ८१८१ मतहसित अग्रता लिएका छन । त्यस्तै राजेन्द्र पाण्डेले ६९७१ मतसहित त्रिपाठीको पिछा गरिरहेका छन । सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पत्नले २४५२ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १४:१९