७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आईएमई जनरल इन्स्योरेन्सले घाेषणा गर्याे लाभांश, बाेनस कति ?


६ मंसिर, काठमाडाैं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । मंसिर ५ गते बसेकाे कम्पनीकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे ६.५० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.३४ प्रतिशत नगद गरी कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीकाे वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ११:४९