७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

धादिङ १ मा फेरि एमालेका भूमि त्रिपाठीको अग्रता, मुख्यमन्त्री पाण्डे पछि परे


५ मंसिर, धादिङ । धादिङमा प्रतिनिधि सभाको मतगणनाको पछिल्लो तथ्याङ्कअनुसार क्षेत्र नम्बर १ मा नेकपा एमालेले  पुनः अग्रता कायम गरेको छ । धादिङ १ मा दुई हजार पाँच सय ३० मतगणना सकिदाँ एमालेका भूमि त्रिपाठीले एक हजार एक सय ६५ मत प्राप्त गर्दै अग्रता लिएका छन । त्यस्तै बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा एसका राजेन्द्र पाण्डेले एक हजार २९ मत प्राप्त गरेका छन । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले एक सय ६० मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २०:३०