१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

ललितपुर २ मा एमालेका प्रेम महर्जन जित नजिक, १०७२१ मतसहित अग्रस्थानमा


५ मंसिर, काठमाडाैँ । ललितपुर २ मा नेकपा एमालेका प्रेम महर्जन जित नजिक पुगेका छन । गयराति मतगणना जारी रहेको ललितपुर २ मा एमालेका महर्जनले निरन्तर अग्रता कायम गरेका छन । उनले अहिले १०७२१ मतसहित अग्रता कायम गरेका छन ।

उनलाइ हाम्रो नेपाली पार्टीका सुदन शाक्यले पछ्याइरहेका छन । उनको ७७४५ मत प्राप्त गरेका छन । घण्टीले ६०३१ मत प्राप्त गर्दा हलोले ५२५८ मत प्राप्त गरेको छ भने पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार बनेका कलमका उम्मेदवारले ५०२१ प्राप्त गरेका छन।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १८:२४