१९ मंसिर २०७९, सोमबार | Tue Dec 6 2022

मर्जर प्रक्रियाका कारण रोक्का रहेकाे यी दुइ कम्पनीकाे सेयर कारोबार फुकुवा

२ मंसिर, काठमाडाैं ।  मर्जर प्रक्रियाका कारण लामो समयदेखि रोक्का रहेकाे नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रबार एक सूचना जारी गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएको जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकसाताअघि सेयर कारोबार फुकुवाको अनुरोध गर्दै नेप्सेमा आवेदन दिएका थिए । सोही आवेदनका आधारमा धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा १३(१) बमोजिम गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियामा रही सेयर कारोबार रोक्का रहेका दुवै बैंकको सेयर कारोबार मंसिर १ गतेको निर्णयअनुसार फुकुवा भएको नेप्सेले जनाएकाे छ । अब आगामी सातादेखि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार  खुल्नेछ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार १३:४४