१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

‘आइएमई पे’ले ल्यायो हवाई टिकट अफर, एक रुपैयाँमै दैनिक यात्रा गर्न सकिने


२ मंसिर, काठमाडौं । विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको ‘आइएमई पे’ ले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ ।

यस अफर अनुसार आइएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले १ रुपैयाँमा सो टिकट प्राप्त गर्न सक्नेछन् ।

प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकममै खरिद गर्नु पर्ने हुन्छ । र यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना विजेताले १ रुपैयाँ बाहेकको पूर्ण मुल्य क्यासब्याक स्वरूप पाउनेछन् ।

आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ १ मा हवाई टिकट अफर सार्वजनिक गरेकाे कम्पनीले जनाएकाे छ । कम्पनीकाे अनुसार याे अफर कात्तिक ३० गतेदेखि मंसीर ९ गते गरी जम्मा १० दिनसम्म कायम हुनेछ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार १२:१९