१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

१४ जनामा कोरोना संक्रमण पुष्टि, २० संक्रमणमुक्त


२९ कार्तिक, काडमाडाैं । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ सय ६४ पिसिआर परिक्षणका क्रममा १२ जना र ४ सय ६६ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २० संक्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ४ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १६:०१