१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

९ जनामा कोरोना संक्रमण पुष्टि, २३ कोरोनामुक्त


२८ कार्तिक, काठमाडाैं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  देशभर गरिएको ६ सय ७२ पिसिआर परिक्षणका क्रममा ८ जना र ७ सय ५३ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने २३ संक्रिय संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ४ सय ९९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १६:०५