४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

विभिन्न जनचेतनामुलक कार्यक्रम गरि मनाइयाे विश्व मधुमेह दिवस


२८ कार्तिक, काठमाडाैं । विश्व मधुमेह दिवस, नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम गरि मनाइएको छ । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो ।

सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मान्यता दिएको हो । दिवसका अवसरमा इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मधुमेश शिक्षा भोलीको सुरक्षाका भन्ने नाराका साथ काठमाडौंमा जनचेतनामुलक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले नेपालमा मधुमेह सम्बन्धी रोगको औषधी सरकारले निशुल्क बितरण गरेको जानकारी दिए । सर्वसाधारणलाई जाानकारी नहुदा मधुमेह लगाएत अन्य निशुल्क बितरण गरिएको औषधी किन्न बाध्य भएकाले यस बिषयमा प्रचारको आवश्यकता रहेको उनले बताए ।

विश्वमा अहिलेसम्म ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको अध्ययनले देखाएको छ । नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा मधुमेह भएको हुनसक्ने अनुमान गरिएको छ । मधुमेहका कारण मिर्गौला, कलेजो, मुटु, आँखा लगायतका महत्त्वपूर्ण अङ्गमा ठूलो असर गर्न सक्ने चिकित्सकहरुको भनाई छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १५:३७