७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सुर्या लाईफ इन्स्योरेन्सको नाफा ९७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?


२८ कार्तिक, काठमाडाैं । सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ९७ प्रतिशतले बढेर १९ करोड ८२ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधीसम्ममा कम्पनीको बीमा शुल्क १६.३० प्रतिशतले बढेर १ अर्ब २६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क १ अर्ब ११ करोड ६४ लाख रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ र जगेडा कोषमा ७१ करोड २२ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २२ पैसा रहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १२:२६