१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

पिपुल्स हाइड्रोपावरको आइपीओमा कति पर्याे आवेदन ?


२७ कार्तिक, काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले कार्तिक २५ गते शुक्रबारदेखि सर्वसाधारणहरूका लागि साधारणा सेयर आइपीओमा निष्काशन गरेकाे हाे ।

सीडीएसका अनुसार आज बिहानसम्म कम्पनीकाे आइपीआमा ४ लाख ८४ हजार ६८९ जना आवेदकबाट ५९ करोड ७१ लाख ५४ हजार रुपैयाँ बराबरको ५९ लाख ७१ हजार ५४० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि छुट्याएकाेभन्दा १.१५ गुणा बढी आवेदन हो ।

कम्पनीले ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गरेको छ । यसले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तासमेत गरी प्रतिकित्ता १०० अंकित मूल्यमा ५६ करोड ६ लाख ३९ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको हो ।


यो मध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३२० कित्ता सामुहीक लगानी कोष र ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा कात्तिक २९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो सेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार १४:५८