११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

पहिलो दिनमा कति पर्यो पिपुल्स हाइड्रोपावरको आइपीओमा आवेदन ?


२५ कार्तिक, काठमाडाैं । पहिलाे दिनमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडकाे आइपीओमा १५ करोड ६६ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले आज कार्तिक २५ गते शुक्रबारदेखि सर्वसाधारकाे लागि साधारण सेयर आइपीओ निष्काशन गरेकाे थियाे ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार दिउँसो १ः४१ बजेसम्ममा १ लाख २९ हजार ९४३ जना आवेदकबाट १५ करोड ६६ लाख ६९ हजार रुपैयाँ बराबरको १५ लाख ६६ हजार ६९० कित्ता कित्ताका लागि आवेदन परेकाे छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ५१ लाख ५७ हजार ८८० कित्ताको ३०.३७ प्रतिशत मात्रै हो ।

कम्पनीले आजदेखि सर्बसाधारणलाई ५६ लाख ६ हजार ३ सय ९० कित्ता सेयर निष्काशन गरेको हो  । यसमा आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्दा बिक्रि नभएको ८ लाख ६ हजार ३ सय ९० कित्ता सेयर पनि समावेश छ  ।

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी ५१ लाख ५७ हजार ८८० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। लगानीकर्ताले कार्तिक २९ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार १५:५०