१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

१० जनामा कोरोना संक्रमण पुष्टि, २६ कोरोनामुक्त


२५ कार्तिक, काठमाडाैं ।  नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ७ सय ३१ पिसिआर परिक्षणका क्रममा ९ जना र ६ सय ८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ५ सय ४६ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार १५:१२