१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

आजदेखि सर्बसाधारणका लागि ५६ लाख ६ हजार कित्ता आईपीओ बिक्री खुला


२५ कार्तिक, काठमाडाैं । पिपुल्स हाइड्रोपावर लिमिटेडले आज कार्तिक २५ गते देखि सर्बसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्बसाधारणलाई ५६ लाख ६ हजार ३ सय ९० कित्ता सेयर निष्काशन गरेको हो  । यसमा आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्दा बिक्रि नभएको ८ लाख ६ हजार ३ सय ९० कित्ता सेयर पनि समावेश छ  ।

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी ५१ लाख ५७ हजार ८८० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। लगानीकर्ताले कार्तिक २९ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’बाट खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार १०:१०