१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको अपराजित यात्रा कायमै, गएरातिको खेलमा २–१ ले विजयी


३१ भदाै, काठमाडाैँ ।  बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा अपराजित यात्रा कायमै राखेको छ ।  रियल सोसिडाडका लागि १२ औं मिनेटमा अट्रिज इल्यूसोन्डोले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता लिएको सोसिडाडले दोस्रो हाफमा भने अग्रता जोगाउन सकेन ।

 बार्साका लागि लुईस स्वारेजले ६३ औं मिनेटमा गोल गर्दै बार्सालाई १–१ का अवस्थामा ल्याएका थिए । बराबरी गरेको ३ मिनेटमा बार्साले अर्को गोल थप्दै जित तर्फ अग्रसर भएको थियो । बार्साका लागि उसमान डेम्बेलेले गोल गर्दै २–१ को अवस्थामा लगेका थिए । बार्साले रियल सोसिडाडलाई पराजित गर्दै तालिकामा १२ अंक पुर्‍याएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७५, आईतवार ०७:३६