७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नुवाकोटका जनकराज ढुंगानाद्धारा जन्मदिनमा छात्रवृत्तिकोष निर्माण गर्न विद्यालयलाई एक लाख प्रदान


२३ कार्तिक, नुवाकोट । बालसेना भनेर चर्चित नुवाकोट बोलकोटगढीका जनकराज ढुंगानाले जन्मदिनको अवसर पारेर स्थानीय एक विद्यालयमा छात्रवृत्ति कोष निर्माण गर्न एक लाख रूपैयाँ प्रदान गरेका छन । हाल अमेरिकामा बसोबास गरिहरहेका ढुंगानाले बेलकोटगढी नगरपालिकाको वडा नम्बर ८ मा रहेको बागेश्वरी अाधारभूत विद्यालयमा छात्रवृत्तिको कोष निर्माण गर्न एक लाख रूपैयाँ प्रदान गरेका हुन । उनले घोषणा लगत्तै मोबाइल बैंकिङ मार्फत विद्यालयको खातामा एक लाख रूपैयाँ ट्रान्सफर गरेको दैनिकीलाई जानकारी दिए ।

उनले सामाजिक सञ्जालमा यस्तो उल्लेख गरेका छन, ‘मान्छेले आफ्नो कर्म द्वारा पाप मोक्ष गर्ने र कर्म द्वारा सामाजिक सेवा गर्ने हो भन्ने माँ म बिस्वाश गर्दछु ! आज परेको आफ्नो जन्मदिनको अबसर मा बेलकोटगढी नगरपालिका वडा न ८ स्थित श्री बागेस्वरी आधारभुत बिध्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बिध्यार्थिको छात्रबृतिको लागि सहयोग स्वरुप अक्षयकोश निर्माण को लागि रु १००००० ( एक लाख ) उपलब्ध गराएको छू ! बिद्यार्थी भाई बहिनी को उज्वल भबिस्य को कामना गर्दछु !’

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार ०७:४४