६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

बैंकिङ क्षेत्रको सुशासन सबैले सिक्न लायक छः सिईओ लोहनी (भिडियो)


२३ कार्तिक, काठमाडाैँ । समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) टिका निधि लोहनीले बैंकिङ क्षेत्रको सुशासन सबैले सिक्न लायक रहेको बताएका छन । दैनिकी संवादमा कुरा गर्दै सिईओ लोहनीले बैंकिङ क्षेत्र सबैभन्दा पारदर्शी रहेको बताए ।

लोहनीले बैंकहरूले प्रत्येक तीन/तीन महिनामा आफ्ना आर्थिक गतिविधीहरू अडिटसहित राष्ट्रियस्तरका पत्रिकाहरू मार्फत सार्वजनिक गर्नेगरेको बताए । उनले समयमानै एजिएम हुने, प्रतिफलकाे दर कति हुने भन्ने राष्ट्र बैंकले ताेकेअनुरूप गर्ने लगायतको काम परदर्शी तवरबाट हुने गरेको बताए ।

सरकारकाे शतप्रतिशत स्वामित्व रहेका कम्पनीहरूले बर्षाैदेखि एजिएम गर्न नसकेकाे बताउँदै सिईओ लोहीनले ती कम्पनीहरूले पनि बैंकिङ क्षेत्रबाट सुशासन सिक्नुपर्ने बताए । साथै उनले सूचिकृत कम्पनीहरू तुलनात्मक रूपमा पारदर्शी देखिएको बताए । लोहनीसँगको कुराकानी तलको लिंकमा क्लिक गरेर हेर्न र सुन्न सकिन्छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १०:००