१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

२८ जनामा कोरोना संक्रमण पुष्टि, १८ संक्रमित कोरोनामुक्त


२० कार्तिक, काठमाडाैं । नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार २ सय १९ पिसिआर परिक्षणका क्रममा २६ जना र ६ सय ६० एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप १८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ सय ७० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार १६:३७