१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

२५ जनामा कोरोना संक्रमण पुष्टि, २८ कोरोनामुक्त


१८ कार्तिक, काठमाडाैं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १ हजार ८ सय ४५ नमुना परीक्षणका क्रममा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शुक्रबार पनि थप कसैको मृत्यु भएको छैन भने थप २८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ सय ६९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार १६:०२