१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

थप २९ जनामा कोरोना संक्रमण पुष्टि, २३ संक्रमणमुक्त


१५ कार्तिक, काठमाडाैं । नेपालमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको ६ सय १९ पिसिआर परिक्षणका क्रममा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१५ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप २३ संक्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ५ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १५:४८